स्थानीय निकाय कर्मचारीको आन्दोलनले सेवाग्राहीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

स्थानीय निकाय कर्मचारीको आन्दोलनले सेवाग्राहीलाई सास्ती

क्षेत्रनाथ देबकोटा
बाँके,फागुुन ५ गते । स्थानीय निकायका कर्मचारीको आन्दोलन अझैं सशक्त बनेपछि सेवाग्राहीलाई सास्ती भएको छ । देशभरका स्थानीय निकायमा काम नहुँदा सेवाग्राहीलाई सास्ती भएको हो । स्थानीय चुनाव हुनुपर्ने, स्थानीय निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर आन्दोलन

स्थानीय निकाय कर्मचारीको आन्दोलनले सेवाग्राहीलाई सास्ती

क्षेत्रनाथ देबकोटा
बाँके,फागुुन ५ गते । स्थानीय निकायका कर्मचारीको आन्दोलन अझैं सशक्त बनेपछि सेवाग्राहीलाई सास्ती भएको छ । देशभरका स्थानीय निकायमा काम नहुँदा सेवाग्राहीलाई सास्ती भएको हो । स्थानीय चुनाव हुनुपर्ने, स्थानीय निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेका स्थानीय निकायका कर्मचारीले आइतबारदेखि दिनैभरि काम बन्द गरेका हुन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला विकास समिति, कोहलपुर नगरपालिका र गाविस कार्यालयमा कर्मचारीहरुले कामकाज रोकेर आन्दोलन बढाएका छन् । सेवा लिन कार्यालय पुग्ने गरेका सेवाग्राही कर्मचारीको आन्दोलनका कारण निराश भएर फर्किरहेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसीयसन नेपालगञ्ज उपमहानगरपालिका, नेपाल नगरपालिका एशोसीयशन, गाविस कर्मचारी संघ, स्थानीय निकाय कर्मचारी संघ जिवीस ईकाई समिति बाँके र स्थानीय निकाय कर्मचारी संघ जिल्ला कार्यसमिति बाँकेको संयुक्त अगुवाईमा विभीन्न माग राखी आन्दोलन चकाईएको हो ।

अस्तीदेखि स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत, जिल्ला इन्जीनियर लगायतलाई कार्यालय प्रवेश समेत निषेध गरिएको छ । मागसहितको कालो व्यानर मूल गेटमा टाँगेर कर्मचारीहरुले नाच गान गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । आफना मागहरु पुरा नहोउञ्जेलसम्म आन्दोलन जारी रहेको नेपालगन्ज नगरपालिकाका  कर्मचारी एशोसीयशन सचिव ओवीराज आर्चायले बताउनुु भयो । सरकारले आज आन्दोलनरत पक्षसँग वार्ता गर्ने जनाएको छ तर समाचार तयार पारुञ्जेल कुनै पहल गरिएको छैन ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);