ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

juwa

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोवाटो ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १ लाख ६९ हजार २५ रूपैयाँ र ५८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);