राष्ट्रिय खेलकुद सर्यो, नयाँ मिति असोज अन्तिम साता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

राष्ट्रिय खेलकुद सर्यो, नयाँ मिति असोज अन्तिम साता

काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएकाे कार्यक्रमले मिति सरेको जनाएको हो । नवौं खेलकुद प्रतियाेगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियाे । नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);