स्वास्थ्य मन्त्रीले भने - 'बुवाआमाको पापका कारण क्यान्सर हुन्छ' ! | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

मंसिर ७ – भारतको आसाम राज्यका स्वास्थ्य मन्त्री आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

आसामका स्वास्थ्य मन्त्री हिमन्त विश्व शर्माले क्यान्सरलाई पापसँग जोडेपछि उनी विरोधमा परेका हुन् । क्यान्सर हुनु भनेको ‘इश्वरीय न्याय’ र विगतमा मानिसले गरेको पापका कारण हुने भनेपछि उनको विरोध भएको हो ।

शर्माले मानिसमा क्यान्सरजस्तो रोग लाग्नुमा बुवाआमाको पाप पनि कारक तत्व भएको बताएका थिए । शर्माको यस्तो अभिव्यक्ति आएपछि क्यान्सरबाट पीडित विरामी र आफन्त दुखी भएका छन् । विपक्षी दलले शर्माको अभिव्यक्ति तल्लो स्तरको भएको भन्दै सार्वजनिक रुपमा माफी माग्न माग गरेका छन् ।

विपक्षी दलले स्वास्थ्य मन्त्री शर्माले राज्यमा फैलँदो क्यान्सरको रोकथाम गर्न नसकेपछि यस्तो अभिव्यक्ति दिएको आरोपल लगाएका छन् । मन्त्री शर्माले बुधबार गुवाहटीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएको टाइम्स अफ् इन्डियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);