किसानलाई झुक्याउदैै ३४ विगाहा जग्गा पास | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

किसानलाई झुक्याउदैै ३४ विगाहा जग्गा पास

मोहम्मद ईजहार शेष
परासी, फाल्गुन ५ ।
पछिल्लो समयदेखि नवलपरासीमा भु–माफिया गिरोह सक्रिय हुदै गएको छ । रातारात जग्गा खरिद विक्रीले भु–माफिया गिरोह करोडपति बन्दै गएका छन् । जिल्लाका भु–माफिया गिरोह यतिबेला जिल्लाको विभिन्न सार्वजनिकजग्गा, छुट कित्ता, खोला नाला, ८ नंम्बर प्रति र उखडा जग्गहरु समेत विभिन्न कार्यालयका

किसानलाई झुक्याउदैै ३४ विगाहा जग्गा पास

मोहम्मद ईजहार शेष
परासी, फाल्गुन ५ ।  
पछिल्लो समयदेखि नवलपरासीमा भु–माफिया गिरोह सक्रिय हुदै गएको छ । रातारात जग्गा खरिद विक्रीले भु–माफिया गिरोह करोडपति बन्दै गएका छन् । जिल्लाका भु–माफिया गिरोह यतिबेला जिल्लाको विभिन्न सार्वजनिकजग्गा, छुट कित्ता, खोला नाला, ८ नंम्बर प्रति र उखडा जग्गहरु समेत विभिन्न कार्यालयका हाकिमहरुलाई मिलाएर बेच्ने गरेका छन् ।
 
सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, बेलाटारी, त्रिवेणी गोपीगंज, कावासोती, गंैडाकोट लगायतका चोकचोकमा यतिबेला चिया गफको ठाउँमा जग्गा खरिद विक्रीकै चर्चापरिचर्चा हुने गरेको पाईन्छ । जिल्लाको अधिकांश क्षेत्रमा घडेरीहरु लागि जग्गा खरिद विक्री हुने गरेको पाईन्छ भने भैरहवाँ भुमही बाईपास र परासी गोपीगंज हुलाकी सडकमा उद्योग कलकारखानाका लागि विगाहांै विगाहाको जग्गा खरिद विक्री हुदै आएको छ । यि ठाउँहरुमा पाँच वर्ष आगाडी सरदर एक लाख रुपिया कठ्ठामा पाईने जग्गा अहिले ३ लाख देखि पाँच लाखरुपिया कट्ठामा विक्री वितरण हुदै स्थानियले बताए ।

यस्तै नवलपरासीको सनई गाविसको वडा नं. ७ , ८ र ९ पडरी गाउँमा सोझा साझा किसानहरुलाई झुक्याईएको छ । किसानहरुलाई भु–माफियाहरुले जालसाझी गरि ३४ विगाहा जग्गा कब्जा गरिसकेका छन् भने अहिले पिडित किसानहरु रुने काम बाहेक अरु केही बिकल्प पाएका छैनन् । करिब ५० वर्र्ष अगाडी नवलपरासीको सिमावर्ति सनई गाविस स्थित पडरी गाउँका जमिन्दार प्रेमशरण खत्रीले स्थानिय किसानहरुलाई आफ्नो जग्गा जोत भोग गर्न दिएका थिए । खत्रीले किसानहरुलाई दिएको केहि जग्गामा मोही लागेको थियो भने केहि जग्गा हुण्डामा थियो । त्यतिबेलादेखि नै जिम्दार खत्री किसानहरु संग हुण्डाको वर्षेनी पैसा असुल्दै आएका थिए । जमिन्दार खत्रिले आफ्नै जिवनकालमा जग्गा पास गर्छु भन्दै टाल्दै मृत्युको मुख समेतमा पुगे ।

भारतको दिल्ली बस्दै आएका जमिन्दार खत्रीको मृत्युपछि जग्गाहरुको स्वामित्व छोरा अनुप खत्रीले लिएका थिए । दिल्लीनै बसोबास कायम राख्दै अनुप वर्षेनी हुण्डाको पैसा असुल्न असुल्ने गर्दथे । किसानहरु अनुपलाई पनि जग्गा आफुहरुलाई पास गरिदिनु आग्रह गर्दापनि अनुपले भुमाफियाहरुको चक्करमा आलटाल गर्दै आएका थिए । एक महिना आगाडी ति किसानहरुको जिवनमा दुखको घडि आई पुग्यो , जस्ले अहिले किसानहरुलाई पिडित मात्र होईन बेघर समेत बनाई दिएको छ ।

भुमाफियाहरुले सबै कार्यालयका प्रमुख र अनुप सँग मिलेर उक्त जग्गा एकाएक अरुकै नाममा पास भएको छ ।  पडरी गाउँका ६५ जना स्थानिय किसानको जोतभोगमा रहेका ३४ विगाहा जग्गा अनुप ले विक्री गरेपछि किसानहरु बिचल्ली नै पर्ने अवस्था आएको छ । भु–माफिया गिरोहको प्रलोभनमा परि अनुपले रातारात सनई गाविस, मालपोत कार्यालय, भुमि सुधार कार्यालय र नापी कार्यालयका प्रमुखहरु संग साँठगाँठ मिलाई बुटवलमा बसी जग्गा पास भएको पिडित अहमद अंसारीले आरोप लगाए ।

जग्गा पास गरिदिन्छु भन्दै टाल्दै आएका अनुपले जिल्ला भु–माफियाहरुलाई जग्गा बेचेपछि किसानहरु रुवाबासी छाएको छ । जग्गा पास गर्ने आस्वासन दिदै आएका भारतमा बस्ते अनुप एकाएक आएर किसानहरु संग बेईमानी गर्दै जग्गा भारत र नेपाल दुबै तिरको नागरीकता भएको ब्यक्तिको नाममा उक्त जग्गा पास गरिसकेको स्थानिय पिडित संजय शंैथवारले आरोप लगाए ।  ६८ वटा कित्तामा रहेको ३४ विगाहा जग्गा मध्ये १ विगाहा ५ कट्ठा जग्गामा पक्की घरघडेरीहरु समेत बनेको छ भने अरु जग्गा खेत खरिहानको रुपमा प्रयोग हुदै आएको छ ।

नामसारी भएको जग्गाको मोही हक र कुन आधारले उक्त जग्गा अर्काेको नाममा बेचिएको भन्दै जग्गाको कागजात मांग गर्दै जिल्ला भुमिसुधार कार्यालय नवलपरासीमा दैनिकजसो धाउने गरेका छन् । सोही कागजात अनसारनै आफुहरुले अदालतमा दावी बिरोध गर्ने र मुद्धा लड्नका लागि कागजात आवश्यक भएको पिडित किसानहरुको मांग छ ।

तर जिल्ला भुमि सुधार कार्यालय नवलपरासीका प्रमुख ईश्वर प्रसाद कलवारले भने उक्त कागजातहरु २०६८ सालमै हराएको भनी तत्कालीन कार्यालय प्रमुखले प्रमाणित गरि गएको र उक्त कागजात सँग कुनै सरोकार नरहेको भन्दै कार्यालय प्रमुख कलवार पन्छिएका छन् ।

जग्गा विक्री भईसकेपछि भु–माफिया टोली बस्ती खाली गराउन आउँदा पिडित किसान आक्रेशित हुदै धपाएका थिए । विक्री भएको जग्गा फिर्ता पाउन पिडितहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र भुमिसुधार कार्यालय समेत हारगुहार गर्दै आएका छन् तर जिल्लाका कुनै निकायबाट सुनुवाई भएको छैन । पिडितहरुले जग्गा फिर्ता पाउन संघर्ष समिति समेत बनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);