सिमकोटमा म्यादी प्रहरी मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिमकोटमा म्यादी प्रहरी मृत फेला

death

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेकाेर उनी भूइँमा मृत फेला परेकाे ओझाले बताए । घटनाबारे कारण खुल्न सकेकाे छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);