प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास गर्दै माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, ६ मंसिर । पुत्र वियोगपछि निकै ठूलो पीडामा डुबेका प्रचण्ड परिवार बिस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा प्रचण्ड र आमा सिता दाहाल मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए।

प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन् आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए। प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, बुहारी बिना र प्रकाश पुत्र प्रणव पनि साथमै थिए।

१०ः४५ को यति एयरलाईनसबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुग्नु भएका प्रचण्ड र उनको परिवारलाई सहज बनाउने सहजीकरणको भूमिका पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरेका थिए । प्रचण्डभन्दा करिव १० मिनेट अघि नै विमानस्थल पुगेका नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गरेनन्, केही सहज वातावरण पनि निर्माण गरिदिए। प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश-बिनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयासमा उनी निरन्तर लागिरहे।

करिव आधा घण्टा प्रचण्ड र नेपालसँगै रहेका थिए । माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गरेका थिए। त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गरेका थिए। चितवनमा हुने विशालसभामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता नेपाललगायतले सम्वोधन गर्दै छन् । सभामा प्रचण्ड उपस्थित भएपनि सम्बोधन भने गर्ने छैनन्।  – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);