पोखरा महानगर मेयरको टिकट पाएपछि प्रदेश सांसदबाट कृष्ण थापाले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पोखरा महानगर मेयरको टिकट पाएपछि प्रदेश सांसदबाट कृष्ण थापाले दिए राजीनामा

पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन् । थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए ।

२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् । केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिन लागेको बताएका छन् ।

एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ । त्यसका लागि तयारी भइरहेको छ । यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो ।उपमेयरमा भने मन्जुदेवी गुरुङ नै दोहोरिने भएकी छिन् । यसअघि आफू नउठ्ने बताएकी मन्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी भएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);