केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस  | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।

‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’ गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।

Leave a Reply