समिता लुईंटेल, ४ फागुन । मौका पाए दृष्टिविहिनले धेरै गर्न सक्छन् । तर, विपन्न दृष्टिविहिनहरु धुलाम्य सडकपेटीमा बसेर मागेर खानुपर्ने बाध्यतामा छन् । दिनभरी सार्वजनिक स्थलमा गीत गाएर गुजारा चलाउनु उनीहरुको बाध्यता बनेको छ ।
यस्तो रहर कसैको हुँदैन । सडकपेटीमा बसेर दिनभर गीत गाउँदै मागेर खानुपर्ने बाध्यतामा छन्, यी दृष्टिविहिनहरु । काठमाडौं शहरमा यीनीहरुको बेदनाको कुनै मूल्य छैन । सायद् भाग्यलाई दोष दिन्छन् । कसै–कसैको हेपाइलाई पनि यीनीहरुले सहनु पर्छ ।
समाजबाट अपहेलित हुदै बाध्यतामा मागि खानुपर्ने नियति यिनीहरुमा छ । मौका पाए समाजलाई केही दिन सक्ने क्षमता यीनीहरुसँग नभएको होइन तर निष्ठूरी समाज चिन्दैन यीनीहरुको क्षमता । सार्वजनिक यातायात होस् या सडकपेटी जहाँपनि मुस्किल परिस्थितिको सामना गर्नेमा दृष्टिविहिन अग्रपंक्तिमा छन् ।
बिना सहयोग आफ्नो काम आफै गर्ने उनीहरु परिवार पाल्ने मात्रै नभइ सन्तानलाई अध्ययन गर्ने वातावरण समेत तयार पारिरहेका छन् ।
ग्रामिण भेगबाट आएका उनीहरुको आर्थिक अवस्था दयनीय हुने मात्र नभई परिवारको जिम्मेवारी निभाउनुपर्ने अवस्था छ । आफैँ केही गरेर खान सहर पसेका उनीहरु राज्यले हेरिदिए काम गरेर खान सक्ने आटँ गर्दछन् ।
तर, गुनासो उस्तै कसले पो साथ दिने ? अपाङ्गताको सहयोगार्थ स्थापना भएका विभिन्न निकायले काम गर्दै आएको भने तापनि पिडितको समस्या ज्यूँकातिउँ देखिन्छ । यीनको पीडा न त सरकारले नै बुझ्छ न अरु कसैले ।