मुख्यमन्त्री शाहीले सुनाए प्रगतिको पोको | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुख्यमन्त्री शाहीले सुनाए प्रगतिको पोको

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रगति विवरण सुनाएका छन् । उनले १७० किलोमिटर सडकको ट्याक ओपन गरिएको बताए । त्यस्तै ३० किलोमिटर सडकको स्तरउन्नति र ११ किलोमिटर कालोपत्रे गरिएको शाहीले बताएका छन् । एक सय घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पुर्‍याई वस्ती उज्यालो बनाइएको उनको प्रगति विवरणमा उल्लेख छ । जडीबुटी विकासमार्फत ५०० हेक्टर जमिनमा जडीबुटी खेती सुरु गरिएको शाहीले बताए ।

पर्यटन प्रवर्द्धन गर्नका लागि चिनिया र अंग्रेजी भाषाको  वेबसाइट निर्माण गरिएको मुख्यमन्त्री शाहीले बताए । अन्य प्रदेशले बढाएको तलब, भत्ताभन्दा आफ्नो प्रदेशमा बढाएको तलब भत्ता कम भएको भन्दै मुख्यमन्त्री शाहीले संघ सरकारको अनुमतिले बढाउने काम भएको बताए । रुकुम पश्चिम, डोल्पा, सल्यान, हुम्ला र दैलेखमा जिल्ला अस्पताल निर्माण कार्य जारी रहेको समेत उनले जानकारी दिए ।

कर्णालीमा ८१ वटा खेलमैदान निर्माण गरिनुका साथै ७९ वटा पालिकामा ४०० कक्षा कोठा निर्माण गरिएको बताएको छ । १ हजार २ सय ३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उनले जानकारी दिए । ६६ वटा सामुदायिक इकाई पुनर्स्थापना भएर स्थानीय तह मार्फत काम भइरहेको बताएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृतहरू गरी ७३ जनालाई परिचालन गरिएको छ । ४०० घरधुरी विपन्न परिवारको घर निर्माणको काम चलिरहेको बताए । डोल्पामा अस्पतालमा नयाँ जेनेरेटर खरिद गरेर काम सुरु भएको अन्य कुराको कुनै पनि जानकारी नगराएको मुख्यमन्त्री शाहीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);