काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुर्याइएको बताएका छन् । लमजुङको घलेगाउँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि चुनावपछि फेरि सत्तामा जाने बताए ।
उनले भने अहिले एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ । अध्यक्ष ओलीले एमालेले जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको बताए । उनले भने एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनले बताए ।