सुनको भाउ तोलाको एक लाख दुई हजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनको भाउ तोलाको एक लाख दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);