ललितपुर । ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् । पैदल हिडीरहेका बालकलाई घारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कार सहित चालक महानगरिय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।
ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
२ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
२ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
३ घन्टा अघि




