काठमाडौँ । सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ । चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।
सुनको मूल्य ९९ हजार रुपैयाँ
ताजा समाचार
आज पनि बजारबाट २० अर्ब झिक्दै राष्ट्र बैंक
२ घन्टा अघि
औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल
२३ घन्टा अघि