हवाइ उडान नियमित बनाउन प्रशासनको ध्यानकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हवाइ उडान नियमित बनाउन प्रशासनको ध्यानकर्षण

सिमकाेट । हुम्लालाई बाहिरी जिल्लासँग जाेड्ने एक मात्रै एतायातकाे साधन हवाई सेवा केही दिनदेखि नियमित नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । एक सातायतादेखि निजी एयरलाइन्स कम्पनटीले नियमित उडान नगरेपछि नियमित उडनकाे मागसहित योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले जिल्ला प्रशासनकाे ध्यानकर्षण गरेको छ ।

लिगले हवाई उडानमा देखिएकाे समस्या समाधान गरीदिन प्रमुख जिल्ला अधिकारीमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मुख्यमन्त्री कार्यालय सुर्खेतलाई बोदार्थ गरेकाे छ ।

उडान नहुँद यहाँ दैनिक उपाभोग्यदेखि निर्माण ढुवानी समेत प्रभावित भएकाे छ । जसका कारण हुम्लामा दैनिक उपाभोग्य सामाग्रीदेखि अन्य सामानकाे बजारभाउ आकासिएकाे ज्ञापन पत्रमा उल्लेख छ ।

पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि हुम्लामा उडान हुन नसकेको हो । निजी जहाजहरू लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);