काठमाडौँ, ३ मंसिर। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको शवलाई नेकपा माओवादीको केन्दिय पार्टी कार्यलय पेरिस डाँडामा ल्याइएको छ। उनको पार्थिव शरिरलाई ४ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडा राखिने र आजै उनको दाहसंस्कार गरिने पार्टीका प्रवक्ता पम्फा भुसालले जनाएकी छन्।
नर्भिक अस्पतालका अनुसार दाहालको निधन ‘आकस्मिक हृदयघात’का कारण भएको थियो।