काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाईकलबाट खसेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापा रहेका छन् ।
घाइते उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलबाट थापा खसेका थिए ।
दुर्घटना पश्चात मोटरसाईकल सहित चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ ।