डाक्टरको बयान - 'अस्पताल ल्याउँदै प्रकाश दाहालको शरीर चिसो भइसकेको थियो' | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनबारे निर्भिक अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। दाहाललाई बिहान ५ः५० बजे अस्पताल ल्याईएको र त्यतिबेलासम्म निधन भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

दाहालको पूरै शरीर चिसो भइसकेको बताउँदै अस्पतालका डाक्टरले निधन राती १-२ बजेतिर नै भइसकेको बताए। पत्रकारहरुको प्रश्‍नको जवाफमा डाक्टरहरुले मृत्युको ठ्याक्कै कारण पत्ता नलागेको तर उनको ब्रेन ह्याम्रेजदेखि जिनको कारणले निधन भएको हुन सक्ने बताएका छन्।

यस्ता धेरै जसो घटना आकस्मिक हृदयघातका कारण हुने भएकाले प्रकाश दाहालको हृदयघातकै कारण मृत्यु भएको अस्पतालले अौपचारिक घोषणा गरेको हो। पार्टीका केन्द्रीय आयोजनक समिति सदस्य समेत रहेका प्रकाश दाहालको शव अस्पतालबाट सिधैं कोटेश्वरस्थित पेरिसडाँडातिर लगिएको छ।