छात्रवासको जग्गा खरिद गर्न स्थानीय द्वारा सत्ताईस लाख वढि रकम संकलन | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

छात्रवासको जग्गा खरिद गर्न स्थानीय द्वारा सत्ताईस लाख वढि रकम संकलन

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा रहेको महेन्द्र रत्न माविको छात्रवास भवन निर्माणका लागि जग्गा खरिद गर्न त्यहाँका स्थानीयले सत्ताईस लाख भन्दा वढि रकम जुटाएका छन । २०७६ सालमा जग्गा खरिद प्रयोजनका लागि आर्थिक संकलन समिति गठन गरि देश विदेशमा संचालन गरिएको अभियानबाट सत्ताईस लाख ३५ हजार ४ सय ५४ रुपैयाँ संकलन भएको हो ।

उक्त रकमबाट स्थानीय गंगा बहादुर बुढाथोकीको करिव चार रोपनी जग्गा पच्चिस लाख रुपैयाँमा खरिद गरिएको छ । खरिद गएिको उक्त जग्गामा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा म्याग्दीको सत्तरी लाख रपैयाँ लागतमा दुइतले चार कोठे छात्रवास भवन निर्माण गत बर्ष नै सम्पन्न भईसकेको छ । प्रदेश सरकारको पचार लाख सहयोगमा छात्र र छात्रा गरि करिव एकसय जनाको क्षमता रहने नयाँ भवन निर्माण कार्य पनि सुरु गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताए ।

सोमवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चन्दादाताहरुलाई सम्मान गरिएको छ । आर्थिक संकलन अभियानमा जोडिएका देश विदेशमा रहेका बरंजाबासीहरु, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, विद्यार्थी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

अभियानबाट हाल सम्म वत्तिस लाख बाह्र हजार चार सय चउन्न रुपैयाँ संकलन भएको छ । जसमा बिद्यालयको मुक्तिनाथ र प्रभु बैंकमा रहेको खाताबाट पाँच लाख असि हजार पाँच सय रुपैयाँ पनि अभियान समितिलाई प्राप्त भएको थियो । संकलित रकमबाट जग्गा खरिद सहित विभिन्न प्रयोजनमा करिव सत्ताईस लाख खर्च भएको अभियानका आर्थिक संयोजक विलभ थापाले बताए  ।

सम्मान कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख थापाले शिक्षामा सरकारले निकै ठूलो रकम लागानि गरेको तर लगानी अनुसारको प्रतिफल पाप्त हुन नसकेको बताए । जिल्लामा पनि केन्द्र र प्रदेश सरकारबाट गरि एक करोड भन्दा वढि रकम शिक्षाको क्षेत्रमा विनियोजन हुने गरेको भन्दै थापाले सवै पालिकाले सहि सदुपयोग गर्नु पर्ने बताए  । थापाले जिल्लामा शिक्षाको क्षेत्रमा समुदायको लगानी रहर लाग्दो भएको र समुदायकै सहयोगमा करोडौँको भातिक संरचना निर्माण भईरहेको पनि बताए  । उहाँले महेन्द्र रत्न माविको भौतिक संरचनामा अझै कमि देखिएकाले कक्षाकोठा भवन, शौचालय निर्माण लगाएतमा आवश्यक वजेटको समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विभिन्न योजनाहरुको मागपत्र मन्त्रालयको वेभसाइटमा राखिने भएकाले सूचना र प्रविधि संग अपडेट भईराख्न पनि बिद्यालयलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा मंगला ३ वरंजाका वडा अध्यक्ष कविन्द्र रोकाले महेन्द्र रत्न माविले शिक्षामा अग्रणी स्थान हाँसिल गरेको बताए । छात्रवास निर्माण गर्ने विद्यालयको परिकल्पना साकार हुनुमा समुदायको महत्वपूर्ण साथ रहेको भन्दै रोकाले गुणस्तरीय शिक्षा प्रदान गरि उत्कृष्ट शैक्षिक जनशक्ति उत्पादन गर्न बिद्यालयको जिम्मेवारी हुने बिचार व्यक्त गरेका थिए । उनले बरंजाकै धापुङ, महेश, दुर्दी, झाँक्रिपानी लगायतका स्थानबाट करिव डेढ घण्टा लगाएर बिद्यालय आउने बिद्यार्थीलाई छात्रवास बनेपछि सहज हुने अपेक्षा समेत गरेका थिए ।

मंगला गाउँपालिका शिक्षा संयोजक डेक बहादुर बानीयाँले पालिका भरिका बिद्यालयहरुमा सवैभन्दा धरै बिद्यार्थी र शिक्षक रहेको महेन्द्र रत्न माविमा पछिल्लो ३ बर्षयता आधारभूत तहमा बिद्यार्थी संख्या कम हुँदै गएपछि शिक्षा नियमावलि अनुसार दुईवटा शिक्षक मिलान गरि अर्को बिद्यालयमा पठाईएको बताउनुभयो । अर्को एकजना शिक्षकलाई पनि कटौति गर्नु पर्नेमा बिद्यालय व्यवस्थापन समितिको अनुरोध अनुसार कटौति नगरिएको बानीयाँको भनाई थियो ।

पाँच कक्षा सम्म पढाई हुने र पचास जना बिद्यार्थी भएको बिद्यालयमा शिक्षा नियमावली अनुसार दुई जना शिक्षका दरवन्दी भएकाले त्यस्ता बिद्यालयहरुमा गाउँपालिकाले दरवन्दीको व्यवस्था गरेर शिक्षक उपलव्ध गराएको भन्दै बानीयाँले यस्तो प्रकारको शिक्षा नियमावलि नै परिमार्जन गर्न आवश्यक रहेको बताए ।

बिद्यालयको प्रअ कृष्णलाल सापकोटाले २०४८ साल देखि आफु निरन्तर बिद्यालयमा अध्यापनरत रहेको भन्दै त्यतिवेला देखिनै बिद्यालयले महत्वपूर्ण फड्को मार्नेक्रममा अभिभावको राम्रो साथ रहदै आएको बताए । बिद्यार्थी र अभिभावकको संयुक्त प्रयासले नै बिद्यालयले महत्वपूर्ण उपलव्धि हाँसिल गरेको बताए ।

उनले कोरोनापछि बिद्यालयको शैक्षिक अवस्था कमजोर भएकोले शैक्षिक स्तरलाई उकास्नका लागि बिद्यार्थी, अभिभावक र विद्यालय प्रशासनलाई एकतावद्ध हुन आग्रह गरेका छन् । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर रोकाको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष श्याम बहादुर थापाको स्वागत र शिक्षक डम्मरराज सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);