आजदेखि कांग्रेसको एक महिने चुनावी अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आजदेखि कांग्रेसको एक महिने चुनावी अभियान

काठमाडाैं । सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ । ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेकाे हाे ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएकाे छ । 

याे अभियानमा कांग्रेसले एमसीसी पारित गरिएकाे कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकाेबारे जानकारी गराउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);