उर्जा मन्त्रीको उर्जा, अब नेपाल नै लोडसेडिङ्गमुक्त हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

उर्जा मन्त्रीको उर्जा, अब नेपाल नै लोडसेडिङ्गमुक्त हुँदै

सरकारले केही समय भित्रै देशलाई लोडसेडिङ्गमुक्त गर्ने उर्जा मन्त्री जनार्दन शर्माको भनाई, स्थानीय तहको निर्वाचनको मिति केही दिन भित्रै तोकने दाबी

उर्जा मन्त्रीको उर्जा

कञ्चनपुर । उर्जामन्त्री जनार्दश शर्माले सरकारले केही समय भित्रै देशलाई लोडसेडिङ्गमुक्त गर्ने बताउनुभएको छ ।

शनिबार प्रेस सेन्टर नेपाल कञ्चनपुर शाखाले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले ‘‘नेपालको पानी, जनताको लगानी‘‘को नारा सहित लोडसेडिङ्ग मुक्त गर्ने मुख्य अभियानमा सरकार लागिपरेको बताउनुभयो ।

उहाँले मुलुकभर रहेका सबै जलविद्युत आयोजनालाई पुर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भैरहेको पनि बताउनुभयो ।

उहाँले सरकार जनमुखी अभियानमा लागेकाले आम नेपालीले साथ दिइरहेको पनि बताउनुभयो ।

मन्त्री शर्माले चमेलिया, पञ्चेश्वर, पश्चिम सेती लगायतका जलविद्युत योजनाको विस्तार भए समग्र सुदुरपश्चिमको विकास हुने बताउँनुभयो ।

अर्को प्रसंगमा मन्त्री शर्माले नयाँ संविधान कार्यान्वयना लागि स्थानीय निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार