दूध उत्पादन गर्ने महिला उद्यमीलाई ५‍० प्रतिशत अनुदानमा ट्यांकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दूध उत्पादन गर्ने महिला उद्यमीलाई ५‍० प्रतिशत अनुदानमा ट्यांकर

जुम्ला । महिला उद्यमीको सहजताका लागि पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले अनुदानमा दूध ट्यांकर उपलब्ध गराएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएकाे हाे ।

ट्यांकर पाएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्यांकर उपलब्ध गराइएको उनकाे भनाइ छ । कार्यालयले ३०लाख  ६० हजार मूल्यको ट्यांकर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

वातावरण अनुकूलित दुवानी साधन, खरिद  जडान अनुदन कार्यक्रममार्फत दुध किसानले पाएकाे उनले बताए । ‘हामीले प्रस्तावना मागेका थियौ । जसमा ६ जनाले निवेदन दिएका थिए,’ उनले भने । सबैभन्दा बढी अंक ल्याएर हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताल छनोट भएकी उनकाे भनाइ छ । 

मनकोइला धितालले भनिन्,  ‘अब किसानले दूध बोकेर बजारसम्म दूध पुर्‍याउन दुःख गर्नुपर्दैन । मगाएको खण्डमा घरदैलोमै दूध संकलन गरेर बजारसम्म ल्याउन ट्यांकर तयारी अवस्थामा छ ।’  धितालका अनुसार अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्यांकरबाट डेरीमा सहजै दूध पुर्‍याउन थालिएकाे छ । यसअघि सदरमुकाम भित्र र  बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको  थियो । धितालले सञ्चालन गरेको डेरीमा ट्यांकर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै ६ लाख बराबरको दूध बिक्री हुने गर्छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);