विश्वसुन्दरीको ताज भारतकी मानुषी चिल्लरलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

काठमाडौँ । सन् २०१७ को विश्वसुन्दरीको ताज भारतकी मानुषी चिल्लरले पहिरिएकी छन्। चीनको सनायामा आज साँझ आयोजित ६७ औं संस्करणको विश्वसुन्दरी प्रतियोगितामा १ सय ७ देशकी सुन्दरीलाई पछि पार्दै भारतीय सुन्दरी चिल्लरले १७ वर्षपछि उपाधि भारतमा ल्याउन सफल भईन्।

चिकित्सा शिक्षा अध्ययनरत हरीयाणाकी २० वर्षीया चिल्लर विश्वसुन्दरीको ताज पहिरिने छैठौं भारतीय हुन्। सन् २००० मा भारतकी प्रिंयका चोपडाले विश्वसुन्दरीको ताज पहिरेकी थिइन्।

यस्तै, इङल्याण्डकी स्टेफ्नी हिल फष्ट रनर अफ र मेक्सिकोकी एन्ड्रा मेजा सेकेण्ड रनरअप भइन्। विश्व सुन्दरी प्रतियोगितामा सहभागी मिस नेपाल निकिता चन्दक भने उत्कृष्ट चालिस भित्र पर्न सफल भएकी थिईन्। बीबीसी