काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा निर्धारण गरिएकाे छ ।
सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
२२ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि