काठमाडौं । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संशोधन र परिमार्जनविना यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले गठबन्धनभित्र छलफल नगरी कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस नहुने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा विरोध गरिरहेका बेला सरकारले पेस गर्ने प्रस्तावसहितका विषयमा गठबन्धनभित्र छलफल गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन प्रस्ताव पेस गर्ने निर्णय गरेको भन्दै उनले तर, यसलाई रोकिएको बताए ।