प्रतिष्ठा बन्दै थवाङ: बहिस्कारमा नेकपा, माओवादीको यस्तो रणनीति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

काठमाडौँ, १ मंसिर । रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन्छ, थबाड गाउँ । यो एउटा कम्युनिस्ट गाउँ जहाँ अहिले मिरुल र उवागाउँसमेत मिसाएर थबाङ गाउँपालिका बनाइएको छ।

२०१३ सालमा थवाड गाउँमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले संस्थागत रूपमा कम्युनिस्टको जग बसालेका थिए । ०१५ सालदेखि ०७० सालको संविधानसभा निर्वाचनसम्म त्यहाँका मतदाताले कम्युनिस्ट उम्मेदवारलाई भोट दिँदा र बहिष्कार गर्दा पनि एकढिक्का भएर निर्णय गर्दै आएका थिए। तर पछिल्लो स्थानीय तह निर्वाचनमा त्यहाँको मत विभाजित भएको छ । तर यस्तो निर्णय समूहगत नभई स्वेच्छिक आधारमा भएको हो।

अहिले भने त्यहाँका जनता दोधारमा छन् । मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रले थबाङलाई आ(आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। अहिले विप्लप नेतृत्वको पार्टी चुनाव खारेजी गर्दै थबाङबाट शून्य मतदानको तयारीमा छ भने माओवादी केन्द्र यसपटक आफ्ना उम्मेदवारका पक्षमा मतदान गराई छाडने अभियानमा । दोस्रो संविधानसभा निर्वाचनमा थबाङका जनताले मतदान नै नगरी तत्कालीन माओवादी उम्मेदवार तथा पूर्वसभामुख ओनसरी घर्तीलाई थबाङ प्रवेशबाट रोकेका थिए।

थबाङमा शून्य मतदान जारी राख्नेमा नेकपा र उसको निर्णयलाई उल्ट्यार जनमत आफ्नो पक्षमा पार्नेमा माओवादी केन्द्रबीच अहिले रोल्पामा रस्साकस्सी नै चलेको छ । यो रस्साकस्सी स्थानीय तह निर्वाचनकै समयदेखि बाक्लो रूपमा चल्दै आएको हो । यद्यपि साविकका मिरुल र उवा गाउँलाई छाडेर थबाङको मात्र जनमत हेर्ने हो भने नेकपाकै प्रभाव बढी देखिन्छ।

तर स्थानीय तह निर्वाचनमा नेकपाभित्र देखिएको अन्तरविरोधका कारण त्यहाँको जनमत विभाजित हुन पुगेको थियो । त्यसबेला नेकपाका स्थानीय पार्टी कमिटीले केन्द्रको ‘चुनाव बहिष्कार नीति’ उल्लंघन गरी निर्वाचनमा सहभागी भएको थियो । त्यसपछि उक्त पार्टीको बैठकले थबाङमा क्रान्तिकारीहरूको सशक्त प्रभाव हुँदाहुँदै पनि स्थानीय नेताहरूको निर्णय विचार र भावनाका दृष्टिले नै गलत र दुखद् रहेको निष्कर्ष निकालेको थियो । तर यसपटकको चुनावमा भने शून्य मतको इतिहास कायम राख्ने निर्णय नेकपाले लिएको छ। – अन्नपूर्ण पोस्ट दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);