महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको एमालेको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको एमालेको टिप्पणी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको प्रमुख प्रतिपक्षी दल एमालेले टिप्पणी गरेको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत महाअभियोगबारे टिप्पणी गरेका हुन् ।

उनले महाअभियोग प्रस्तावलाई लिएर तीनबुँदे आरोप लगाएका छन् । रिजालले लेखेका छन्– १. प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । २. स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ ।प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । ३. सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);