काठमाडौं । काठमाडौंको बालाजु बाईपास हुँदै मुड्खु भएर नुवाकोट तर्फ जाने–आउने सवारी साधनको आवागमन रोकिएको छ । सडक भत्काएको लामो समय हुँदा पनि पिच नगरेपछि स्थानीले सडक अवरुद्ध गरेका हुन्, जसका कारण सवारी साधनको आवागमन रोकिएको । स्थानीयले सडक पिच हुनुपर्ने माग गरेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।