नेपालभित्रका उत्पादनका संम्भावनाहरु प्राय निष्क्रिय बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपालभित्रका उत्पादनका संम्भावनाहरु प्राय निष्क्रिय बन्दै

नेपाली राजनितिको प्राथमिकतामा नपरेकोले नै होला ब्यबसायिक क्षेत्र कहिल्यैपनि आसातित हुन सकेन ।

असंख्य संभावनाहरु रहेरपनि सम्पुर्णरुपमा आयातमा निर्भर हुनुको पिडा नेपालले कहिले सम्म भोग्नुपर्ने हो? त्यो अझै अनिश्चित छ । आज नेपाल सबै प्रकारका दैनिक उपभोग्य समान मात्र हैन सास्कृतिक र विलासिताका समान समेत आयात गर्ने अबस्थामा छ।

मानौ नेपालमा कुनैपनि समानको उत्पादन संम्भव छैन। झण्डै वीसवर्ष अघि सम्म नेपाल उत्पादनशिल क्षेत्रमा आफ्नो पहिचान बनाउन केहि हद सम्म सफल थियो । देसले केहि न केहि प्रगती गरेकै थियो । तर पछिल्लो समय भएको मौलिक संरचनामाथि चलाईएका राजनितिक दण्डले देशको राजनितिमा मात्रै उथलपुथल ल्याएन, बरु उत्पादनशिल क्षेत्र माथिको अतिक्रमण सोच्नै नसक्ने प्रकारले बढ्न गयो ।

अनि मौलिक चाडबाड समेत विदेशीको उत्पादनमा निर्भर हुनुपर्ने अबस्थामा देश पुग्यो । आज नेताले लाउने माला समेत विदेशीले उनिदिनुपर्छ । हाम्रा सबै प्रकारका चाडबाड विदेशीले मनाई दिनुपर्छ । देशको श्रम पलायन भएको छ । देशभित्रका उत्पादनका संम्भावनाहरु प्राय निश्कृय छन । यहि अबस्थालाई सायद भन्ने गरिन्छ दुर्रदशा ।

उद्योगी ब्यापारीहरु ब्यबसायप्रति प्रतिवद्ध छैनन, बरु आफ्नो साख बढाउन विभिन्न राजनितिको छत्रछायाँमा घुस्रिन पुगेकाछन । कुन नेतालाई कसरी आफ्नो बसमा पार्ने अनि आफ्नो दलाल चरित्र मार्फत ब्यापार गर्ने, यहि नै उनिहरुको चिन्तन भईदिदा उत्पादनशिल क्षेत्रको दुरुपयोग हुनगई अप्राकृतिक विनासको छेउमा उद्योग ब्यबसाय पुगेको छ ।

यसैको कारण उद्योगी ब्यबसायीहरु प्रति जनता आक्रोसित छन । राजनितिले जस्तै ब्यबसायिक क्षेत्र पनि बदनाम हुन पुगेको छ । राजनितिज्ञहरुमा मात्र होइन व्यबसायिक वर्गमा समेत जव सम्म राष्ट्रिय उत्पादन प्रतिको संवेदनशिलता देखिदैन तव सम्म कुनैपनि नेताले देशको विकास गर्न सक्दैन ।

त्यसैले जतिसुकै ठुला – ठुला राजनितिका प्रसंगहरु उठाईएपनि त्यसको स्थायित्वका निमित्त ब्यबसायिक प्रवद्र्धन एकमात्र विकल्प हो । यहि सोचले मात्र देशमा आर्थिक विकास संम्भव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);