पछिल्लो २४ घन्टामा एक हजार नाै सय ५७ जनामा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

पछिल्लो २४ घन्टामा एक हजार नाै सय ५७ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नाै सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नाै सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७  जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४  जना र  चार हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ । पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);