स्वास्थ्य मापदण्ड र प्रशासनको आदेशविपरीत गाउँपालिका अध्यक्षले गरे भोज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्वास्थ्य मापदण्ड र प्रशासनको आदेशविपरीत गाउँपालिका अध्यक्षले गरे भोज

सप्तरी । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेशविपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भोजको आयोजना गरेका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने आदेश जारी गरेको छ । तर, यस आदेश र स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत अध्यक्ष यादवले आफ्नो आमाको १३औँ दिनको पुण्यतिथिमा सयौँ मान्छे सहभागी गराएर भोजको आयोजना गरेका हुन् । 

उनले पाँचवटा सभा गरेर सयौँ मानिसलाई भोजमा सहभागी गराएका हुन् । पाँच सभा भोजमा १० देखि २५ गाउँका मानिस सहभागी थिए । अध्यक्ष यादवको आमाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);