विनोद चौधरीको प्रधानमन्त्री बन्ने सपना ! | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

काठमाडौँ, ३० कार्तिक । कांग्रेसबाट समानुपातिक सूचीमा परेका उद्योगपति विनोद चोधरीले आफू देशको प्रमुख बन्न राजनीतिमा लागेको खुलासा गरेका छन् । एक दैनिक पत्रिकासँग अन्तर्वार्ता दिँदै चोधरीले सो कुरा बताएका हुन् । प्रस्तुत छ अन्तर्वार्ताको केही अंशः

विनोद चौधरीको राजनीतिक करिअरको अन्तिम लक्ष्य के हो ?
मैले आफ्नो एजेन्डाका लागि जीवनभर संघर्ष गरेँ, कति शत्रु बनाएँ, ती कुरा कति मानिसलाई चित्त बुझेन होला । ती एजेन्डालाई एउटा निर्णायक ठाउँमा पुर्‍याएर ठूलो परिवर्तन ल्याउनु नै मेरो राजनीतिक करिअरको अन्तिम लक्ष्य हो । म एउटा सम्पन्न राष्ट्रको स्वाभिमानी नेपाली नागरिक हुँ भनेर मर्नु मेरो अन्तिम लक्ष्य हो।

यो अलि अमूर्त भयो । मूर्त रूपमा भनिदिनोस् न ?

राजनीति गर्ने जुनसुकै मानिसले म राजनीतिको उच्चतम बिन्दुमा पुग्छु भन्ने आकांक्षा राखेकै हुन्छ । यदि कसैले त्यस्तो आकांक्षा राखेको छैन भन्छ भने उसले झुटो बोलिरहेको हुन्छ । राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो । सबैभन्दा महत्वपूर्ण कुरा– वृहत् परिवर्तन राजनीतिबाट मात्रै सम्भव छ र त्यो परिवर्तन ल्याउनका लागि सत्ता र शक्ति आफ्नो हातमा हुनुपर्छ । यो ध्रुवसत्य हो।

– नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);