सुदूरपश्चिममा मतदान सकियो, आजै नतिजा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुदूरपश्चिममा मतदान सकियो, आजै नतिजा आउने

धनगढी । सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि जारीरहेको मतदान सकिएको छ । धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि शुरू भएको मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेको छ । मतगणना पनि बुधबार नै शुरु गर्ने तयारी निर्वाचन कार्यालले गरेको छ । मतगणना पनि प्रदेशसभा परिसरभित्रै हुने भट्टले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।

गठबन्धनकातर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह ‘गरिमा’ उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापा उम्मेदवार रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);