काठमाडौँ, २९ कार्तिक। बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ। छापावाला सुन ५६ हजार २ सय पुगेको छ भने तुजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुन तोलामा ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको छ। चादी आज ७ सय ७० पुगेको छ । हिजोको तुलनामा चादीमा पनि ५ रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंघले जनाएको छ।