थाहा पाउनुहाेस् तपाईंकाे राशिफल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

काठमाडाैं । ४  माघ, २०७८, तदनुसार जनवरी १८ तारिक २०२२ मंगलबार । माघकृष्णपक्ष प्रतिपदा तिथि, जनबोलीमा परेवा तिथि भनिन्छ । बालब करण, पुष्य नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा कर्कट राशिमा छ ।

आज सूर्योदय ६ः५७ मा भएकाे छ भने सूर्यास्त १७ः३२ मा हुनेछ । दिउँसो २ः५४ देखि ४ः१३ सम्म राहुकाल छ भने ११ः५३ देखि १३ः३५ सम्म अभिजित मुहूर्त छ । ज्योतिषशास्त्रकाअनुसार राहुकाल भएको समयमा शुभकार्य गर्नु हुँदैन । आजको देवता यमराज, र ग्रहदेव शनि हो । मंगलबारका दिन गणेश र हुनमानको सम्झना गर्ने दिन हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : हरेक मंगलबार नयाँ कामको शुरुवात गर्न सकिनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक व्यय र हानी हुने देखिन्छ यात्रामा निस्कदा अर्थहानी हुने सम्भावना रहन्छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययन अध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटनेछ । आजको दिन यात्रा गर्नु खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु ठीक होला । व्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईंलाई निकै फाइदा हुन्छ । आवश्यकभन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहाेला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंका लागि आजको दिन अनुकल देखिन्छ । चन्द्रमाको साथ छ, आज धन प्राप्तिको योग  छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । सकारात्मक सोच राखेर काम गर्नुभयो भने सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईंले घरपरिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ त्यसैले विचार गर्नुहोस् । लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ ।  मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मानसमेत मिल्नेछ । तपाईंले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा खुसियाली छाउने छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : अनावश्यक यात्रा र अनावश्यक खर्च व्यय बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईंकाे कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने सम्भावना कम हुन्छ । व्यापारमा तपाईंले गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।  

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईंले आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठमन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : समय गणना अनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलबारका दिन लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान र शिवालय र देवालयमा गएर भोकाहरुलाई खानेकुरा खान दिनुभयो भने तपाईको उन्नती र प्रगति हुँदै जानेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);