काठमाडौं । २५ जना बढी संघीय सांसद कोरोनाको संक्रमित भएका छन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै तर्फका गरी २५ जना बढी सांसद कोरोना संक्रमित भएका हुन् ।
यस्तै, संसद सचिवालयकै ७ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । सांसद र संसद सचिवालयका कर्मचारीहरुमै कोरोना संक्रमण देखिएपछि दुबै सभाको बैठक स्थगित भएको छ । यही माघ ३ गतेका लागि तय भएको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
माघ ३ गते नै बस्ने तय भएको प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ १८ गते, २२ गते र २८ गतेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको थियो । तर कारण खुलाइएको थिएन । यो पटक सूचनामै ‘कोभिड– १९ को बढ्दो संक्रमणका कारण’ भनेर कारण खुलाइएको छ ।