पोखरा । गण्डकी प्रदेशमा पछिल्लो एक महिनामा कोरोना संक्रमण दर तिस गुणाले बढेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार गत पुस ९ गते प्रदेशमा सात जनामा संक्रमणको पुष्टि भएकोमा माघ २ गते २१३ जनामा संक्रमणको पुष्टि भएको छ।
नौ जिल्ला रहेको गण्डकी प्रदेशमा पुस ९ गने कास्कीका मात्र ६ जना महिला र एक जना पुरुषमा संक्रमणको पुष्टि भएको थियो। जब कि माघ २ मा कास्कीका १५८, स्याङ्जाका २०, लमजुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२÷१२, तनहुँका चार, बाग्लुङका तीन, गोरखाका दुई तथा म्याग्दी र पर्वतका एक÷एक जनामा संक्रमणको पुष्टि भएको छ।
पुस ९ गतेदेखि क्रमिक उकालो लागेको संक्रमण दर हरेक दिन २३, १३, १४, १६, २७, १९, १३, १६, २२, १६, ३८, ७०, ११४, १२१, १६५, १८३,२०६ हुँदै २१३ मा पुगेको हो।