एमाले मोरङमा नेतृत्वकाे लाग्याे टुंगाे लाग्याे, ताली बजाउन मात्र बाँकी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एमाले मोरङमा नेतृत्वकाे लाग्याे टुंगाे लाग्याे, ताली बजाउन मात्र बाँकी

विराटनगर । नेकपा (एमाले) मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेकाे छ । वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुन: दोहोरिने गरी सहमि भएकाे एक नेताले बताए ।

उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दाेहाेरिने भएका हुन् ।  उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । ‘नयाँ नेतृत्वकाे टुंगाे लागिसकेकाे छ, अब ताली बजाउन मात्र बाँकी छ,’ एक नेताले भने ।

उपसचिवमा भने केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उनी एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बसेकी थिइन् ।

पदाधिकारीमा एक महिला अनिवार्यकाे व्यवस्था विधानमै रहेपछि उनलाई ल्याउने तयारी गरिएको हो । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उनलाई उपसचिव बनाउन लागिएको हो ।

उपसचिवमै  सन्तोष साहलाई ल्याउने तयारी छ । एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले पनि सर्वसम्मतै नेतृत्व चयन हुने बताए । १ सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);