राष्ट्रपति भण्डारी यूएई प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

राष्ट्रपति भण्डारी यूएई प्रस्थान

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति विद्या भण्डारी युनाईटेडस् अरव इमिरेटस् यूएईको औपचारिक भ्रमणका लागि सोमबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारी यूएईको अबुधावीमा युवराज शेख महम्मद विन जाहेद अल नेह्यानको नियन्त्रणमा सोमबार अपरान्ह इत्तेहाद एयरवेजको उडानबाट त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए । त्यस अवसरमा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले युएईमा रहँदा त्यहाँका युवराज नेह्यानसँग औपचारिक वार्ता गरी दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनाउने पराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति भण्डारी बिहीबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);