ललित सिहं
१६ माघ, बझाङ्ग
केहि दिन अघि देखि तिन दिन सम्म हिमपात हुदा बझाङ्ग पृथ्बी राजमार्गमा बाक्लो हिमपात परेका कारण तराईका बिभिन्न ठाउँबाट जिल्ला भित्रन लागेका यात्रुकाहक र मालबाहक सवारी साधन बिच बाटोमै अलपत्र परेका कर्णाली रिर्भर साईड यातायातका जिल्ला प्रमुख कुमार खडकाले बताए ।उनले भने हिजो बिहान ७ बजे धनगढी देखि बझाङ्गका लागी छुटेका बिभिन्न सवारी साधन जयपृथ्बी राजमार्गमा बाक्लो हिमपातका कारण बिच बाटोमै अलपत्र परेको बताए ।
हिमपात पछि श्रीभावर दुदिला खान, मुसियाखान,बजपानी लगाएतका ठाउँमा सडकमा हिउँ जम्दा जय पृथ्बी राजमार्गमा चलने यातायातका साधनामा यात्रा गर्दा यात्रुले जोखिपुर्ण यात्रा गर्न बाध्य छन् । गर्मीको सयमयमा गाडिमा यात्रा गर्दा आन्द लिने ठाउँमा अहिले हिउँ जमेर निकै डर लाग्दो अबस्था भएको रहेछ कति खेर गाडि चिप्लीन्छ र गाडिमा अकालमै ज्यान जान्छ भने आफुलाई धनगढि बाट बझाङ्ग आउदा डर लागेको सुप यातायात बस ब्यावसायी संघका बझाङ्ग प्रमुख जनक दौल्यालले बताए उनले भने हिउँ पुरै जमेर २ फिट सम्म छ गाडीहरु अगाडी बढाउन गा्रहो भएको छ बैतडी सडक डिभिजन कार्यालय बाट जेसीबी मगाएर अहिले भख्खरै हिउ सफागर्न लागेको फोनमा बताए ।
सडक भरि डर लाग्दो अबस्था छ ।अहिलको यात्रा त निकै खतरा जस्तो लाग्छ मान्छेर रहरले भन्दा बाध्यताले याता गर्ने थालेको छन सरकारले ( सडक बिभागले )ध्यान नदिदा कति खेर यातायातका साधन दुरघटना हुन्छन अकालमै मान्छेले ज्यान गुमाउन छन भन्नै सकिदैन । सडकमा हिउँ निकै जमेको छ यति धेरै हिउ कहिले जमेको हुदैन थियो गाडि सडकमा न गुडाउ भने साुहको पैसा कहाँ बाट बुझाउने सडकमा गाडि गुडाउदा निकै जोदिम मल्नु पर्ने अबस्था आईलागेको छ कति खेर जमेको हिउँमा गाडिले सिलिप खाए दुर्घटान हुन्छ भन्ने आफुलाई डर लागेको ना ५ ख ७०९५ का चालक तथा कर्णाली रिभर यायतायातका गाडि मालिकबिकास धार्मीले बताए ।
उनले भने करिव तिन फुट हिउँ जमेको छ बझाङ्ग मा चल्ने गाडिको सबै भन्दा बढि दुरघटना हुने क्षेत्र यहि हो चार दिन देखि श्रीभावर ,बिथड,दुदिलाखान, मुसिया चोरमा १ नम्वर मा राखेर गाडि हाँक्नु पर्ने अबस्था आईलागेको छ । कसैले पनि सडमा दुघना नहोस भनेर ध्यान दिएको छैन । हिउँ जम्नु भन्दा पहिले १ घण्टा लाग्ने ठाउँमा ३ घण्टा लाग्न थालेको छ । डरले गाडि सके सम्म सबैले अधिपछि गरेर चलाउने गरेका छौ ।