बुबाको अन्तिम संस्कारमा ब्याण्ड बाजा बजाएर नाचे छोरीहरु ! (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

एजेन्सी, २७ कार्तिक । पिताको मृत्यु हुँदा छोरीहरु मज्जाले नाचे भन्दा अचम्म लाग्न सक्छ, तर भारतको नोएडामा यस्तै भएको छ ।


शनिबार नोएडामा फूलैफूलले सजिएको गाडीसहित ब्याण्ड बाजा बजाएर निकालिएको शव यात्रामा चार जना छोरीहरु नाचेको देखेर सबै आश्चर्यचकित परे । उद्योगपति तथा नोएडा एन्टरप्रिनियोर्स एसोसियशनका पूर्व अध्यक्ष हरि भाई लालवानीको यही नोभेम्बर ९ तारिखका दिन मृत्यु भएको थियो । उनको शनिवार अन्त्येष्टी गरिएको हो ।

हरि भाईकी जेठी छोरीले भनेकी छिन् – ‘हरेक बच्चाको जन्मोत्सव जस्तै मेरो पनि अन्तिम उत्सव अर्थात मृत्युको उत्सव मनाउनु भन्ने बुबाको अन्तिम इच्छा थियो।’ जिन्दगी देखि मुक्ति पाउने मृत्युमा खुशी मनाउनु भन्ने बुबाको इच्छा अनुसार आफूहरुले सोही इच्छा पूरा गरेको उनले बताएकी छिन् ।

बुबाको इच्छामा आफूहरुले गरेको कार्य देखेर दुनियाले जे सोचेपनि बुबाको खुशीका लागि सबै कुरा स्वीकार्य हुने ती छोरीहरुले बताएका छन् । उनीहरुले बुबाको अन्तिम संस्कारमा निकै डान्स गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);