माओवादी महाधिवेशन : समूहगत निष्कर्ष प्रस्तुत कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

माओवादी महाधिवेशन : समूहगत निष्कर्ष प्रस्तुत कार्य सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत गरिरहेका छन् ।

महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो । 

समूहगत छलफलपछि बुधबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । एक नम्बर समूहबाट सुरु भएको निष्कर्ष प्रस्तुत गर्ने कार्य अहिले तेस्रो समूहले आफ्नो निष्कर्ष प्रस्तुत गरिरहेको छ । गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);