माओवादी महाधिवेशन : पाँचाैँ दिनको बन्दसत्र जारी, १४ समूहले आफ्नाे निष्कर्ष सुनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

माओवादी महाधिवेशन : पाँचाैँ दिनको बन्दसत्र जारी, १४ समूहले आफ्नाे निष्कर्ष सुनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो ।

बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ । बुधबार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले बिहीबार प्रस्तुत गर्नेछन् । जारी बन्दसत्रमा बाँकी समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ । 

प्रतिवेदनमाथि उठेका जिज्ञास र प्रश्नको बिहीबारै अध्यक्ष प्रचण्डले जवाफ दिने बताइएको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);