काठमाडाैं उपत्यकासहित देशैभर वर्षा र हिमपात चिसाे झन बढ्याे | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०७९, शुक्रबार

काठमाडाैं उपत्यकासहित देशैभर वर्षा र हिमपात चिसाे झन बढ्याे

काठमाडाैं । काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे ।

दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे छ । दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातकाे आँकलन गरिएकाे छ ।

बिहीबार भने माैसममा केही सुधार आउने अपेक्षा गरिएकाे छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाकाे आँकलन गरिएकाे छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

Leave a Reply