आइतबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आइतबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ । 

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ८२ पैसा र बिक्री दर १३६ रुपैयाँ ५० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५८ पैसा र बिक्री दर १६१ रुपैयाँ ३९ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९३ पैसा रहेको छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८९ पैसा र बिक्री दर ३२ रुपैयाँ ५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ ९ पैसा र बिक्रि दर १० रुपैयाँ १४ पैसा कायम भएको छ ।  

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);