कांग्रेस केन्द्रीय सदस्यमा तीन डाक्टर इन, ६ आउट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस केन्द्रीय सदस्यमा तीन डाक्टर इन, ६ आउट

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनमा भएको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा तीन जना डाक्टर निर्वाचित भएका छन् । 

केन्द्रीय सदस्यमा निर्वाचित तीन डाक्टरमा डा. शशांक कोइराला,  प्रा.डा. गोविन्दराज पोखरेल र डा. रामशरण महत छन् । कोइरालाले पपुलर मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले ३८३६ मत ल्याएका हुन् । 

३५ सदस्यका लागि भएको निर्वाचनमा तीन जना डाक्टर निर्वाचित हुँदा ६ जना डाक्टर भने पराजित भए । पराजित हुनेमा प्रा.डा. तिर्थराज खनियाँ, डा. सुरेशचन्द्र चालिसे, डा. टिएन योगी, डा.रामशरण थपलिया, डा. सुरेश मल्ल र डा. मुकेशराज काफ्ले रहेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);