आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३७ रुपैयाँ ३९ पैसा र बिक्री दर १३८ रुपैयाँ ७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ४२ पैसा र बिक्री दर १६२ रुपैयाँ २२ पैसा कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४२ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४२ रहेको छ । 

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ७ पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ २६ पैसा र बिक्रि दर १० रुपैयाँ ३१ पैसा कायम भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);