चूडामणिले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियारको टोली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

चूडामणिले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियारको टोली

काठमाडौँ, २३ कार्तिक । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ। शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो।

अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटक पटक ताकेदा गर्दा समेत अटेरी गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ। अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो । – राजधानी दैनिकबाट