काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान प्रकृया सुरु भएको छ । मतदान प्रकृया शुरु भए पछि समाचार संकलनका लागि पुगेका संचारकर्मीहरुलाई मतदान स्थलमा तस्बिर तथा भिडियो खिच्नका लागी प्रवेशमा रोक लगाईएको छ ।
मतदान स्थलमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लागापछि सञ्चारकर्मीले सडकमा क्यामोरा र बुम र माइक राखेर विरोध प्रर्दशन गरेका छन् । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि मतदान प्रकृया शुरु भएको छ । महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी रहेका छन् ।